जनतासँग मिलेर काम गर्न हाम्रो प्रहरी अभियान
काठमाडौं । नेपाल प्रहरीले जनतासँगसँगै रहेर काम गर्न भन्दै हाम्रो प्रहरी अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा आइतबार बसन्तपुरबाट प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अभियानको सुरुवात गर्नुभएको हो । यो कार्यक्रम समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नै सुरुवात गरिएको प्रहरी महानिरीक्षक कार्कीले बताउनुभयो ।

हाम्रो प्रहरी कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन क्यानका सचिव पारस खड्का, काठमाडौं महानगरका उपमेयर सुनिता ढंगोल लगायत समाजका विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता थियो ।
Photo-NPL
















तपाईको प्रतिक्रिया