खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका निम्तो आधिकारिक, “एनआरएनए”
काठमाडौं । खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिकामा भ्रमणको निम्तो आधिकारिक भएको गैरआवासीय नेपाली संघले स्पष्ट पारेको छ ।
संघले विज्ञप्ति जारी गरी गरेर विकास उप्रेती नेतृत्वमा रहेको राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी युएसए) र सत्येन्द्र शाह नेतृत्वको अध्यक्षतामा रहेको राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी युएसए) बीच आपसी समन्वयको अभावका कारण भ्रम सिर्जना भएको जानकारी गराएको हो । गैरआवासीय नेपालीहरुको छाता संगठनका रुपमा रहेको संघले दुई फरक विज्ञप्ति सार्वजनिक हुँदा सञ्चार माध्यम तथा नेपाली समुदायमा केही भ्रम र अन्योल सिर्जना भएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ । संघले विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी युएसएले औपचारिक कार्यक्रमका लागि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई आमन्त्रण गरेको स्पष्ट पारेको छ ।
गैरआवासीय नेपाली संघ नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्था भएकाले नेपालको बदलिँदो राजनीतिक-सामाजिक परिस्थिति, साथै पछिल्लो जेनजी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाहरुको सन्दर्भमा नेपाल प्रष्ट रहेको जनाइएको छ । जेनजीको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका बब्लु गुप्तालाई नेपाली समुदायसँग प्रत्यक्ष अन्तर्क्रिया तथा विचार-विमर्श गर्न औपचारिक रूपमा आमन्त्रण गरिएको आधिकारिक रहेको भनिएको छ ।

संघले आगामी दिनमा आन्तरिक समन्वय तथा सूचना प्रवाह प्रक्रियालाई व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता समेत गरेको छ ।
















तपाईको प्रतिक्रिया