सिड्नीको Westmead बाट २५ वर्षीय नेपाली युवा वेपत्ता
प्रहरीले माग्यो खोजिमा समुदायको साथ
काठमाडौं । सिड्नीको उत्तर पश्चिमी क्षेत्र Westmead बाट २५ वर्षीय नेपाली युवा हराउनु भएको छ ।
न्यु साउथ वेल्स प्रहरीले २१ फेब्रुअरी शनिबार विहान २५ वर्षीया नेपाली युवा मदन पाण्डे हराएको जानकारी गराउदै खोजीमा साथ दिन सार्वजनिक सूचना निकालेको हो । प्रायजसो मेरिल्याण्ड क्षेत्रमा देखिने उहाँको खोजी कार्य जारी राखेको प्रहरीले नेपाली समुदायलाई खोजिमा सहयोग गर्न र कसैसँग कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न भनेको छ । हराउने समयमा कालो टिसर्ट र कालो जुत्ता लगाएको प्रहरीले जनाएको छ । एनआरएनए अष्ट्रेलियाले हराएका युवा नेपाली मुलका रहेको नेपालट्युबसँग पुष्टि गरेको छ ।
वर्षमा ३८ हजार मानिस हराउने गरेको अष्ट्रेलिया प्रहरीको तथ्यांकले देखाएको छ । ५० प्रतिशत हराएकाहरु १३ देखि १७ वर्ष उमेर समूहका रहेका छन् । प्रहरीका अनुसार ३ महिनादेखि २६ सय व्यक्ति हराइरहेका छन् ।
















तपाईको प्रतिक्रिया