Tuesday, 24 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaफुटबलर ‘साम्बा’ ले मागिन उपचारमा सहयोगी हातको साथ

फुटबलर ‘साम्बा’ ले मागिन उपचारमा सहयोगी हातको साथ


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि सार्वजनिक रुपमा सहयोगको अपिल गर्नुभएको छ ।

अष्ट्रेलियामा ए लिग खेल्नेक्रममा गम्भीर चोट ब्यहोरेर मैदान बाहिर रहनुभएकि साम्बाले कतारको अस्पेटारमा उपचार गर्न ८० हजार अमेरिकी डलर खर्च हुने भन्दै सहयोगको अपिल गर्नुभएको हो । साम्बाले नेपाल फुटबल संघ (एन्फा) र नेपाल सरकारको साथ नपाएको गुनासो समेत गर्नुभएको छ । साम्बाले ए लिग खेलिरहेको न्युजिल्यान्डको विलिङटन्स फिनिक्स क्लबले उपचारका लागि इन्स्योरेन्स रकम उपलब्ध गराइदिने वचन दिएको छ ।

अप्रेसनलाई बिमाले कभर गरेपनि ७-८ महिना रिह्याब खर्च इन्स्योरेन्सबाट नहुनेभएपछि साम्बाले सहयोगीहरुको साथ खोज्नु भएको हो । यसअघि लागेको घुँडाको चोटको उपचार सन २०२१ मा कतारको अस्पेटार अस्पतालमै गराउदा भने एन्फाले पूरा साथ दिएको साम्बाले फेसबुक पोस्टमार्फत बताउनुभएको छ ।

चोटले शारीरिक र मानसिक रुपमा थकाएपनि पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कने विश्वास साम्बाको रहेको छ । विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नसक्नुहुन्छ : https://givealittle.co.nz/cause/support-sambas-surgery-stand-with-sabitra



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ