Sunday, 15 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकतार एअरवजले सार्वजनिक गर्यो दोहा–काठमाडौं  उडान तालिका

कतार एअरवजले सार्वजनिक गर्यो दोहा–काठमाडौं  उडान तालिका


काठमाडौं । मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला कतार एअरवजले दोहा–काठमाडौं  उडानको तालिका सार्वजनिक गरेको छ।

एयरलाइन्सका अनुसार मार्च १६ र १७ मा दोहाबाट काठमाडौं उडान हुनेछ भने मार्च १७ र १८ मा काठमाडौं–दोहा उडान तय गरिएको छ। यो उडानले कतार जाने नेपाली यात्रु तथा दोहा हुँदै अन्य देशतर्फ ट्रान्जिट गर्ने यात्रुलाई सुविधा दिने अपेक्षा गरिएको छ।

यद्यपि क्षेत्रीय सुरक्षा अवस्थाका कारण उडान तालिका परिस्थितिअनुसार परिवर्तन हुनसक्ने भएकाले यात्रुहरूलाई नियमित अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ