Sunday, 5 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

सोमबारदेखीका संसद बैठक अर्यालले चलाउने


काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित हुनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । आइतबार प्रतिनिधि सभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएसँगै सोमबारको बैठक सभामुख अर्यालले चलाउनुहुनेछ ।

आजै दिउँसो साढे २ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुहुनेछ । आज नै पदभार ग्रहण गरेसँगै सोमबारदेखीका सदनका बैठक सभामुख अर्यालले सञ्चालन गर्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ