कुईन्सल्याण्डको पिआर आवेदन अझै अनिश्चित । आयो यस्तो सुचना
ब्रिजवेन/यसअघि कुईन्सल्याण्डले सेप्टेम्बरमा खोल्ने भनेको स्किल भिषा (पिआर) आवेदन केही समय अझै नखुल्ने भएको छ । माईग्रेसनकुईन्सल्याण्डले दिएको जानकारी अनुसार मापदण्ड र पेशाहरुको सुचि बनाउनका लागि सरकारले अौद्योगिक क्षेत्रसंग अन्तिम छलफल गर्न बाँकी रहेकाले आवेदन खोल्न ढिला भएको हो ।
माइग्रेसन कुइन्सल्याण्डले अर्को आवेदन राउण्ड कहिले खुल्छ भनेर एकिन मिति दिन नसक्ने समेत घोषणा गरेको छ । यदपी छलफलकोअन्तिम चरण सकिने बित्तिकै मिति घोषणा गरिने समेत बताईएको छ । राज्यमा सिमित कोटा भएकाले सबै आवेदक पिआरका लागिछनोट हुने ग्यारेन्टी समेत नरहेको जनाईएको छ । आवेदनको मिति कुरिरहेकामध्ये केही समयमै भिषा सकिने व्यक्तिहरुले माईग्रेसनएजेण्ट तथा वकिलमार्फत अर्को विकल्प खोज्न समेत माईग्रेसन कुईन्सल्याण्डले आग्रह गरेको छ ।
कुईन्सल्याण्डले स्किल भिषा अन्तगर्त मापदण्ड पुगेका आवेदकलाई १९० र ४९१ भिषा सबक्लासको स्थाई भिषा दिने गर्छ । हाल यहि पढेका तथा अन्यत्र शिक्षा लिएका सयाै नेपालीहरु मापदण्ड पुरा गरेर पिआरको आवेदन खुल्ने मिति कुरिरहेका छन् । समयमा आवेदन नखुल्दा विद्यार्थीहरुलाइ हालको भिषा , अंग्रेजी भाषा तथा नाटीको समय सकिने चिन्तामा थपिएको छ । कुईन्सल्याण्डले वर्षको दई पटक पिआरको आवेदन खोल्ने भएपनि कोभिडको समयमा भने यो क्रम तोडिएको छ ।
तपाईको प्रतिक्रिया