Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएआइबिटी खारेजीपछि अब विद्यार्थीले के गर्ने ? समाधानको उपायसहित

एआइबिटी खारेजीपछि अब विद्यार्थीले के गर्ने ? समाधानको उपायसहित


अभिमानसिंह बस्नेत / ब्रिजवेन

वर्तमान अवस्थामा अष्ट्रेलियामा देखिएको नेपाली विद्यार्थीको समस्याका बारेमाः

अष्ट्रेलियमा यहाको नागरिकलाई पढाउनका लागि आर टि ओ नम्बर लिनुपर्छ । भने विदेशी विद्यार्थी पढाउन भने CRICOS CODE   हुनुपर्छ । हिजोसम्म केलज, विद्यार्थी र परामर्शदाताको आ आफ्नै समस्या थिए होलान् । अब यो सबै समस्याको निराकरण गर्ने भनेको अष्ट्रेलियन सरकार मातहत रहेको ट्युसन प्रोटेक्सन सर्भिस टिपिएसले हो ।

अष्ट्रेलिया पढ्न आउन विद्यार्थीहरुले जि टि ई अर्थात जेन्युन टेम्पोररी इन्ट्रान्टको मापदण्ड पुरा गर्नुपर्छ । जसमा पढ्ने स्पष्ट उदेश्य, पढ्न सक्ने आर्थिक क्षमता, पढ्न आउनुको कारण, पढ्ने कलेको बारेमा विस्तृत अध्ययन र पढाइ सकेर आफ्नै देश फर्कि काम गर्ने योजना मुख्य रुपमा समेटिएको हुन्छ ।

यो सबै कुरा विस्तृतमा व्याख्या गरिएको स्टेटमेन्ट अफ प्रपोज विद्यार्थीले कलेज र अध्यामनलाई लेखेर बुझाउनुपर्छ । विद्यार्थीको स्टेटमेन्ट अफ प्रपोज चित्त बुझ्दो भए मात्र अध्यागमनले भिसा दिन्छ ।
यो सब कुराको जिम्मेवार कलेज, परामर्शदाता, अभिभावक र विद्यार्थी हुनेगर्छ ।

अहिलेको अवस्थामा के गर्ने ?

अष्ट्रेलिया पढ्न आउने हरेक विद्यँर्थी टिपिएसद्वारा सुरक्षित हुन्छन् । कलेज बन्द हुनु भनेको एउटा दुर्घटना हो । अब सबै जना मिलेर यसको समाधान खोज्ने बेला आएको छ ।

विद्यार्थीले के गर्ने

१. सबैभन्दा पहिला टिपिएसमा आफ्नो नाम दर्ता गर्ने । जसका लागि यसमा क्लिक गर्नुहोस् । 

२. टिपिएसको जवाफ केही समय पर्खिने । उनीहरुले तपाईलाई अवश्यपनि केही दिन भित्रमा सम्पर्क गर्छन् ।

३. टिपिएससंग निर्धक्कसंग सहि र सत्य कुरा बोल्ने, जसले गर्दा तपाईको समस्याको सहि समाधान निकाल्न सजिलो हुनेछ ।

४. परामर्शदाता रोज्दा गरिएको गल्ती फेरि नदोहो¥याउने ।

५. आफ्नो पढाइ कसरी चाडो र राम्रोसंग पुरा गर्न सकिन्छ भनेर ध्यान दिने ।

तपाइको विस्तृत विवरण तपाई आफैले टिपिएसमा दर्ता गर्नुपर्ने हुन्छ । पछि तपाईको सहयोगका लागि असल परामर्शदाता नियुक्त गर्न सक्नुहुन्छ ।

सरकारले कलेज दर्ताको खारेजी गर्दा विद्यार्थीको व्यवस्थापनको पनि योजना बनाएको हुन्छ । त्यसैले डराउनुपर्ने कुनै कारण छैन । हिजो परामर्शदाता छान्दा कुनै गल्ती भयो होला अब त्यस्तो गल्ती नगर्नुहोला ।
के गर्छ टिपिएसले ?
१. पहिले कलेजले कति पढायो र त्यस्को क्रेडिट कति दिन मिल्छ भनेर अनुसन्धान गर्छ । र अर्को कलेजमा पढ्ने मौका दिन्छ । चित्त बुझे टिपिएसले दिएको कलेज पढ्ने वा आफुलाई पायक पर्ने कलेज छान्न पनि विद्यार्थी स्वतन्त्र हुन्छन् ।
२. टिपिएसले अहिले डिप्लोमा पढ्दा आएका विद्यार्थीलाई डिप्लोमाकै अवसर दिनसक्छ । तर, कति विद्यँर्थीले सिधै ब्याचलर गर्नपनि मापदण्ड पु¥याएर पढ्न पाउछन् ।
३. टिपिएसले विद्यार्थीलाई पढाएको आधारमा कति पैसा फिर्ता दिने भनेर निर्णय गर्छ । र कलेजको कारणले पढाइ पुरा नभएको हो भने सबै पैसा पनि फिर्ता हुन्छ ।
४. कलेज बन्द भएको कारणले भिसामा हुनसक्ने समस्यालाई पनि टिपिएसले समाधान खोज्छ ।
लेखक व्रिजवेनस्थित एबिसी ग्लोबलका शैक्षिक परामर्शदाता हुनुहुन्छ । 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ