NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

घरेलु टोली श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलिया विजयी !

nepaltube

काठमाडौं, एजेन्सी । घरेलु टोली श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलिया १० विकेटले विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले दिएको १ सय २९ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएर जित हात पारेको हो ।

खेलमा अस्ट्रेलियाका डेभिड वार्नरले अविजित ७० र कप्तान आरोन फिन्चले ६१ रन बनाए । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो । श्रीलङ्काका चारिथ असलङ्काले ३८, पाथुम निशङ्काले ३६ तथा दनुश्का गुनाथलिकाले २६ रनको योगदान दिए । अन्य ब्याट्सम्यानहरु खासै चल्न सकेनन । अस्ट्रेलियाका जोश हाजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए ।

जितसँगै अस्ट्रेलियाले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता लिएको छ । तीन वटा टी–२०, चार वटा एक दिवसीय र २ टेष्ट खेल्न अस्ट्रेलियाको क्रिकेट टोली श्रीलङ्काको भ्रमणमा रहेको छ । अस्ट्रेलियाको सन् २०१६ पछि यो नै पहिलो श्रीलङ्का भ्रमण हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार