NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

झम्के तिजका लागि ब्रिजवेन आईपुगे सपुतसहित ३ कलाकार

Nepaltube Australia

ब्रिजवेन/तिज विशेष कार्यक्रमका लागि तीन जना नेपाली कलाकारहरु आज ब्रिजवेन आईपुग्नु भएको ब्ल्याकआई क्रियसनले गर्न लागेको झम्के तिज मेलामा सहभागी हुन गायक प्रकाश सपुत, गायिका देवी घर्तिमगर कलाकार करिश्मा ढकाल आईपुग्नु भएको हो

भोली साझ स्ट्राथपाइन सामुदायिक भवनमा बेलुका बजे कार्यक्रम हुदैछ कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले जनाएको  कलाकारहरुलाई भ्यालीको असम बार एण्ड रेष्टुरेन्टमा आज साँझ स्वागत गरिएको थियो नेपालट्युबसंग कुरा गर्दै गायक प्रकाश सपुतले भोली हुने कार्यक्रममा सबै जना आईदिन अनुरोध गर्नुभयो

कार्यक्रमलाई एबिसी ग्लोबल एजुकेशन कन्सलटेन्सी कुइन्सफर्ड कलेजले प्रायोजन गरेको नेपाली कला संस्कृतिलाई दोस्रोपुस्तासम्म पु¥याउनका लागि तिज विशेष कार्यक्रम गरिएको कानको भनाई कार्यक्रममा प्रवेश शुल्क २५ डलर तोकिएको

मायालु इन्टरटेन्टमेन्टको आयोजनामा गायक प्रकाश सपुत कलाकार करिश्मा ढकाल अष्ट्रेलिया आउन लागेको हो गायिका देवीघर्तिमगरलाई भने बिशाल इन्टरटेन्टमेन्टले अष्ट्रेलिया बोलाएको हो

मायालु तिज मेला २०२२ अन्तगर्त क्यानवेरामा अगष्ट १३, सिड्नीमा अगष्ट १९ तास्मानियाको लनचेस्टनमा अगष्ट २१ होबार्टमाअगष्ट २३ मा तिज कार्यक्रम भईसकेको ब्रिजवेनपछि गायक सपुत कलाकार ढकालले अगष्ट २६ मा मेलवर्नमा पर्थमा अगष्ट२८ मा कार्यक्रम गर्ने तय भएको

तिजमा प्रकाश सपुत, करिश्मा ढकाल र देवी घर्ति अष्ट्रेलिया आउदै, ब्रिजवेनमा २५ अगष्ट झम्के तिज

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार