NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

पल शाहले बलात्कार मुद्दामा पाए सफाई, साढे २ वर्ष कैद र १० लाख जरिवाना

Nepaltube Australia

काठमाडौं/ बलात्कारको आरोप लागेका कलाकार पल शाहले जिल्ला अदालत नवलपुरबाट सफाई पाएका छन् । तर, बाल यौनदुरुपयोगमा भने साढे २ वर्षको कैद, २५ हजार जरिवाना तोकिएको छ । त्यस्तै पीडितलाई १० लाख क्षतिपुर्तिको समेत फैसला भएको छ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर गरेको हो ।

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमाप्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।

तनहुँ जिल्ला अदालतमा भने बलात्कारको मुद्दा अझै विचारधिन छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार