NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

क्रिकेटर लामिछाने अध्यागमनको कालोसूचीमा, नेपाल आउदा विमानस्थलबाटै पक्राउ पर्ने !

nepaltube

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीले लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले २३ भदौमा अनुमति दिएको र हाल देश बाहिर रहेका उनी आउनासाथ पक्राउ गर्न कालोसूचीमा राखिएको जानकारि दिनुभयो । नेपाल क्रिकेट संघ (क्यान) सँगको नियमित सम्पर्कमा रहनुभएका क्रिकेटर लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि सहयोग माग्दैआएका छन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत समेत केही समयअघि आफू निर्दोष भएको भन्दै अनुसन्धानमा सघाउने धारणा सार्वजनिक गर्नुभएको थियो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार