NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

भिक्टोरियामा १ हजार ३४३ जना कोरोना संक्रमित थपिए, न्यु साउथ वेल्समा कति ?

nepaltube

ब्रिजबेन,अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन् । ६६ हजार १५५ जनाको स्वाब परीक्षणबाट यी संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या नै १८ हजार ९५२ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा समेत २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ८० हजार ५८१ जनाको स्वाब परीक्षणबाट २४९ संक्रमित थपिएका हुन । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार