NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

चिनियाँ जनमुक्ति सेना नेपालमा, नेपाली सेनाका लागि मेडिकल सामाग्री सहयोग

Nepaltube Australia

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आफ्नै एयर फोर्समा नेपाली सेनाका लागि स्वास्थ्य सामाग्री ल्याइदिएको छ । नेपालमा मेडिकल सामाग्री र कोरोना जाँच किट अभावको गुनासो बढिरहदा बुधबार विहान चीनको चेङ्दुबाट सहयोगबापतको मेडिकल सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको एयर फोर्स विमान नेपाल आइपुगेको हो ।

चिनबाट मेडिकल समाग्री लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण भएको थियो । नेपाली सेनाका लागि मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका मेडिकल सामाग्री ल्याइएको भएपनि कति परिणामको सामग्री छ भन्ने खुलाइएको छैन । यी स्वास्थ्य सामग्री कोभिड–१९ विरुद्ध लड्न सेनाले प्रयोग गर्नेछ ।

यसअघि चीन सरकारले नेपाल सरकारलाई समेत विभिन्न मेडिकल सामाग्री सहयोग स्वरुप पठाएको थियो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार