NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

लकडाउन अवधिमा बढे साइबर अपराध

Nepaltube Australia

काठमाडाैं, कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधिमा साइबर अपराध बढेको पाइएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालका अनुसार यो अवधिमा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित उजुरी बढेका हुन् । ब्यूरोका अनुसार चैत महिनामा मात्र साइबर अपराधसम्बन्धी १५३ वटा उजुरी दर्ता भएका छन् ।

वैशाख महिनामा २३२ र जेठ महिनामा २३४ वटा उजुरी दर्ता भएकोमा असार महिना (१२ गते)सम्ममा नै ११४ वटा उजुरी दर्ता भैसकेका छन् । लकडाउन अवधिमा मात्र साइबर अपराधसम्बन्धी ७३३ वटा उजुरी साइबर ब्यूरोमा परेको देखिन्छ । बढी उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित रहेको बताइएको छ । चालु आर्थिक वर्ष २०७६ ०७७ को हालसम्म २०४८ वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । यो अघिल्लो वर्षको भन्दा ५११ बढी हो । अघिल्लो आवमा साइबर अपराधसम्बन्धी १४९६ वटा मात्रै उजुरी परेका थिए ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार