NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

उद्दार उडानमा खटिएका नेपाल एयरलाईन्सका ३ पाईलटमा काेराेना पुष्टी

Nepaltube Australia

काठमाडाै, विभिन्न देशमा फसेका नागरिककाे उद्दारमा खटिएका नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुमध्ये जना भने उडान कर्मचारी रहेका छन्।  सोल्टी होटलमा क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो।

अरु सात जनाको पनि पहिलो पिसिआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको र क्रस भेरिफिकेसनको नतिजा आउन बाँकी रहेको बताईएकाे छ । आफ्ना पाइलट र उडान कर्मचारीलाई राख्न सोल्टी होटलमा ७५ वटा कोठा बुक गरेको छ।

सरकारले नेपाल एयरलाइन्सबाट तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्दार गर्दै आएको छ। यसअघि पनि हिमालय एयरलाइन्सका एक पाइलटसहित दुई जनामा संक्रमण देखिएको थियो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार