NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

आगामी चार दिन नेपालमा बाढी पहिरोको उच्च जोखिम

Nepaltube Australia

काठमाडौं– आगामी चार दिन मुलुकका विभिन्न चार वटा प्रदेशमा यस वर्षको भिषण वर्षा हुने भएको छ । सक्रिय भएपछिको अहिलेसम्म कै बढी पानी पर्ने भएकाले सरकारले आवश्यक पूर्वतयारी थालेको छ । गृह मन्त्रालयले ग्रामिण र तराई भेगका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।

असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठ बताइन् । ‘आजदेखि यो वर्षकै भारी बर्षा हुनेछ,’ उनले भनिन्, ‘आफ्नो ठाउँमा आ–आफै सचेत र सुरक्षित बसौं ।’

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार