NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

विप्लवका सैन्य विभाग कमान्डर पक्राउ

Nepaltube Australia

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सैन्य विभाग प्रमुखलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। मोरङको उर्लाबारी नगरपालिका–३ बाट विप्लवका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बोहरालाई विशेष सूचनाका आधारमा आफ्नै निवासबाट पक्राउ गरेको बताए ।

उनको साथबाट कटुवा पेस्तोल एक थान , तीन राउन्ड गोली र सकेट बमका साथमा बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद गरेको डीएसपी राईले जानकारी दिए।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार