NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

ठगीको आरोपमा एक अमेरिकी नागरिक पक्राउ

Nepaltube Australia

काठमाडौंको क्षेत्रपाटीबाट ठगीको आरोपमा एकजना अमेरिकी नागरिक पक्राउ परेका छन् । अमेरिकामा संस्था दर्ता गरी विजनेस पार्टनर बनाउने आश्वासन दिएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा अमेरिकी नागरिक ६५ वर्षीय पुरुष  पक्राउ परेका हुन । उनले कोटेश्वरमा रहेको टुकनारायण श्रेष्ठको ‘एटलस सेक्युरेटि प्रालि’लाई अमेरिकामा दर्ता गरी पार्टनरसीप बनाउने आश्वासन दिएर ठगी गरेको पाइएको छ । सुजन थापा र सन्दीप कार्कीलाई समेत विजनेस भिषामा अमेरिका लैजान्छु भन्दै प्रति व्यक्ति ५ लाख रुपैयाँ ठग्ने प्रयास गरिरहेकै समयमा उनी पक्राउ परेका हुन । उनी पर्यटक भिसामा नेपाल आएको पाइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार