Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअभिनेता हरिवंश आचार्य र श्रीमती रमिलामा कोरोना संक्रमण

अभिनेता हरिवंश आचार्य र श्रीमती रमिलामा कोरोना संक्रमण


काठमाडौं । अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलामा कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता आचार्यले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । हरिवंशले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ ।’

आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र समयमा परीक्षण गराउन आचार्यले सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ महजोडीका रुपमा चर्चित र उदाहरणिय पात्र हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ