Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsर्यापर भिटेनले मागे माफी, नयाँ गीत संशोधनपछि पुनः रिलिज हुने

र्यापर भिटेनले मागे माफी, नयाँ गीत संशोधनपछि पुनः रिलिज हुने


काठमाडौं । कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको भन्दै भिटेन भनेर चिनिने र्यापर समिर गुरुङले एक विज्ञप्ति जारी गर्दै माफि मागेका छन् । कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने उनले जानकारी गराएका छन् । विज्ञप्तिमार्फत नै उनले गीतबाट असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग माफी मागेका हुन्।

पहिले रिलिज गरिएको गीतलाई अनिधिकृतरूपमा अपलोड नगर्न भिटेनले आग्रह गरेका छन् । प्रहरीले गीतलाई लिएर आफूमाथि कारवाही गर्ने तयारी गरेपछि भिटेनको उक्त गीत बिहीबार साँझ प्राइभेट बनाइएको समेत दाबी गरेका छन् । र्यापर गुरुङलाई कारबाही गर्न भन्दै प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि युट्युबमा राखेको टेन्ड्रिङ एकमा रहेको भिडिओ बिहिबार राती प्राइभेट गरिएको थियो । यसअघि समेत भिटेनलाई आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरिसकेको छ ।

गल्ति नदोहोर्याउने दाबी गरेर आपत्तिजनक शब्द प्रयोग गर्ने क्रमलाई निरन्तरता दिएपछि प्रहरी आफैले कारबाहीका लागि खोजी थालेको थियो । अब भिटेन पक्राउ पर्छन वा विज्ञप्तीको माफिबाटै प्रहरीले चित्त बुझाउँछ, आम चासो यसैको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ