Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रदेश १ का मुख्यमन्त्री राई बिरुद्ध अविश्वासको प्रस्ताव पेश, अर्को बैठक २० गते

प्रदेश १ का मुख्यमन्त्री राई बिरुद्ध अविश्वासको प्रस्ताव पेश, अर्को बैठक २० गते


काठमाडौं । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ सभाको बैठकमा अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले प्रदेश सभा बैठकमा पेस गरेका हुन् ।

अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका थिए । आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरे । बैठकमा सत्तापक्षका १६ सांसदको अनुपस्थितमै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो । सरकारका प्रवक्तासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद उपस्थित भएसम्म बैठक बहिष्कारको निर्णय भएको जानकारी दिए । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि बढेमा सरकार ढल्ने निश्चित भएपछि सत्ता पक्षले निलम्बित सांसदको उपस्थिततिलाई बहाना बनाउँदै बैठक नै बहिष्कार गरेको हो । यो निर्णयबारे संसद सचिवालयमा जानकारी गराएपछि सभामुखले बैठक सुरु गरेका थिए ।

नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ ९१० बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ ९४० बमोजिम बैठकमा पेश भएको हो । यससअघि बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्यमन्त्री राईले दबाब दिएका थिए । तर सभामुख भण्डारीले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेपछि बैठक बहिष्कारको बहाना सत्ता पक्षले बनाएको हो । हिउँदे अधिवेशन सुरु भएर दुई पटक बसेर सत्ता पक्षकै अवरोधका कारण छोटो समयमै सकिएको बैठक तेस्रो पटक बोलाइएको हो।

नेकपा कै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि सोही विवादले सदन अवरुद्ध हुँदै आएको थियो । अविश्वासको प्रस्ताव जबर्जस्ती अघि बढाइए प्रदेश सभा नै भङ्ग समेत चेतावनी मुख्यमन्त्रीले दिइसकेका छन्। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । त्यसको असर प्रदेश १ मा देखिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ