NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

असार १७ गते अपरान्ह ४ वजेका लागि राष्ट्रिय सभा बैठक आह्वान

nepaltube

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आगामी असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि आह्वान गर्नुभएको हो ।

सरकारले असार १० गते राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि राष्ट्रिय सभाको अधिवेशन २०७७ पुस २६ गते अन्त्य भएको थियो । संसद अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसकारण ६ महिना पुग्नुभन्दा करिब १० दिनअघि असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न बाध्य भएको हो । राष्ट्रिय सभा भने विघटन नहुने संवैधनिक व्यवस्था छ । आह्वान भएको राष्ट्रिय सभा अधिवेशन कति समय चल्छ एकिन छैन ।

विगतको अभ्यास हेर्ने हो भने पुस ५ मा प्रतिनिधि सभा विघटन गरेर बोलाइएको राष्ट्रिय सभा १० दिन चलेर स्थगित गरिएको थियो । १० दिनमा चार बैठक बसेर, सात घन्टा पाँच मिनेट मात्रै छलफल भएको थियो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार