Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपालीसहित आप्रवासीहरुको भाषा संरक्षण गर्न ८० लाख डलर खर्च गर्ने लेवरपार्टीको घोषणा

नेपालीसहित आप्रवासीहरुको भाषा संरक्षण गर्न ८० लाख डलर खर्च गर्ने लेवरपार्टीको घोषणा


  • सरल गुरुङ/सिड्नी

अष्ट्रेलियामा संघिय निर्वाचन नजिकिदै गर्दा आप्रवासीहरुको मतदान निर्णायक बन्ने देखिएको छ । आप्रवासीहरुको मत आफुतिर पार्न मुख्य दलहरु कसरत गरिरहेका छन् ।

यसैबिचमा अष्ट्रेलियाको दुइ मुख्य दल मध्ये एक लेवर पार्टीले आप्रवासीहरुको भाषा संरक्षणका लागि ८० लाख डलरको योजना अघि सारेको छ । गत शनिवार सिड्नीमा लेवर पार्टीले सामुदायिक भाषा संरक्षण गर्न ८० लाख डलर सहायता दिने घोषणा गरेको हो ।

ती सहायताले सामुदायिक भाषाका नया  विद्यालय खोल्न, शैक्षिक सामाग्री किन्न र योग्य शिक्षक नियुक्ती गर्न सहयोग पुग्ने लेवरले जनाएको छ ।
सहायता घोषणा कार्यक्रममा बोल्दै लेवरका उपनेता तान्या प्लिबरसेकले माध्यमिक विद्यालयहरुमा पनि भाषाको पढाइ सुरु गर्न लगानी बढाउनुपर्ने बताउनुभयो । त्यस्तै अष्ट्रेलियाले सधै आफुलाई बहुभाषिक राष्ट्रका रुपमा स्विकारेको बताउनुभयो ।
अष्ट्रेलियामा १ सय ५० वर्ष भन्दा अघिदेखि नै सामुदायिक भाषाको विद्यालयहरु अस्तित्वमा छन् । हाल अष्ट्रेलियाभर सात सयको हाराहारीमा सामुदायिक भाषा विद्यालयहरु छन् । त्यो मध्ये नेपाली भाषा पनि एक हो । ती विद्यालयमा एक लाख विद्यार्थीले ८० थरी सामुदायिक भाषा अध्ययन गरिरहेका छन् ।
गैर नाफा मुलक यस्ता विद्यँलयहरु साताको अन्त्यमा केही घण्टाका लागि संचालन हुन्छन् । जहा“ ससना बालबालिकाहरु अध्ययन गर्छन् ।
अग्रेजी भाषा बाहेक आप्रवासीहरुको नया पुस्ताले आफ्नो सामुदायिक भाषा पनि सिक्ने हो भने अष्ट्रेलियाको अर्थतन्त्र र समाजलाई नै टेवा पुग्ने लेवरको भनाई छ । त्यस्तै बहुसंस्कृतिक मुलुकको सुन्दरता थप्न पनि सामुदायिक भाषा विद्यालयहरु आवश्यक रहेको लवेरको बुझाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ