Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा ३ महिनामै बुष्टर खोप लगाउन पाइने

न्यु साउथ वेल्समा ३ महिनामै बुष्टर खोप लगाउन पाइने


सिड्नी/ कोराना संक्रमण दर बढिरहेका बेला अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका बासिन्दाले जनवरी अन्त्यबाट तीन महिनामै बुष्टर खोप लगाउन पाउने भएको छ । आज राज्यका प्रिमियर डोमेनिक पेरोटेटले दोस्रो खोप लगाएको तीन महिना पछि नै बुष्टर लगाउन पाउने घोषणा गर्नुभएको हो ।

जनवरी ३१ तरिखसम्म संघिय सरकारले नै यसअघि ४ महिना पछि मात्रै बुष्टर लगाउन पाउने नियम पालना गर्ने र त्यसपछि तीन महिने नियम लागु गरिने पेरोटेटले जानकारी दिनुभयो । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ३२ हजार २९७ कोरोना संक्रमण देखिएको छ भने ३२ जनाले ज्यान गुमाएका छन् । अष्ट्रेलियामा हालसम्म १७ लाख ७३ हजार भन्दा बढीले बुष्टर खोप लगाइसकेका छन् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ