Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशमा बस्ने नेपालीलाई पनि भोट हाल्न देउ- प्रवासी नेपाली मञ्च

विदेशमा बस्ने नेपालीलाई पनि भोट हाल्न देउ- प्रवासी नेपाली मञ्च

विश्वभरीका दुतावासमा ज्ञापनपत्र


क्यानवेरा/ विदेशमा बस्ने नेपाली नागरिकलाई भोट हाल्न देउ भन्दै प्रवासी नेपाली मञ्चले विश्वभरीका नेपाली दुतावासमा ज्ञापनपत्र बुझाएको छ । विदेशमा बस्ने नेपालीलाई नागरिकता, पासपोर्ट र परिचय पत्रको आधारमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन मञ्चले दुतावासमार्फत परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
थाइल्याण्ड, चीन, ब्राजिल र अन्य केही देशबाहेक विश्वका सबै देशका नेपाली दुतावासमा ज्ञापन पत्र बुझाइएको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले जानकारी दिनुभयो । नेपालट्युबसंग कुरा गर्दै पाण्डेले रोजगारका सिलसिलामा बाध्यताबस नेपाल बाहिर रहेका लाखौ युवालाई देशको नेतृत्व छान्ने प्रकृयाबाट अलग राख्दा प्रजातन्त्र नै कमजोर हुने बताउनुभयो । ५ वर्षका लागि देशको नेतृत्व छान्ने भन्ने कुरा निकै महत्वपुर्ण हुन्छ । संविधानले समेत सबै बालिक नेपालीको मताधिकार सुनिश्चित गरेको तथा सर्वोच्च अदालतले समेत प्रवासमा बस्ने नेपालीलाई भोट हाल्न दिनु भन्ने आदेश दिएको भन्दै पाण्डेले सरकारले यसको कार्यान्वयन गनुपर्नेमा जोड दिनुभयो ।

बैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधानका लागि पनि विदेशमा बस्ने नेपालीले भोट हाल्न पाउनुपर्ने पाण्डेको भनाई छ । ‘प्रवासका नेपालीले भोट हाल्न पाउने भएमा राजनीतिक दलहरुले आफ्नो घोषणा पत्रमा बैदेशिक रोजगारका समस्या समाधानका लागि योजना र नीतिहरु ल्याउनेछन्’ -पाण्डेले भन्नुभयो- ‘जुन पार्टीले राम्रो गर्छ प्रवासमा बस्ने नेपालीले उसैलाई भोट हाल्दा समस्या समाधानमा टेवा पुग्दछ ।’
यसैबिच, अष्ट्रेलियामा पनि क्यानबेरामा रहेका दूतावासमार्फत ज्ञापनपत्र बुझाइएको छ । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशी नेतृत्वमा क्यानबेरा पुगेको टोलीले लिखित ज्ञापनपत्र कार्यवाहक राजदूत दुरपदा सापकोटालाई हस्तान्तरण गरेको छ । कार्यक्रममा सहभागी हुन सिड्नीबाट टोली नै क्यानबेरा पुगेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ