Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकार्यस्थलमा वृद्ध कुटेकाे आराेप लागेका प्रकाश अब जेल बस्नु नपर्ने ।

कार्यस्थलमा वृद्ध कुटेकाे आराेप लागेका प्रकाश अब जेल बस्नु नपर्ने ।


  • सिड्नी

गत वर्ष एज केयरमा वृद्धमाथी कुटपिट गरेकाे आराेपमा पक्राउ परि जेल सजाए भएका एक नेपालीकाे सजाय हेरफेर गरिएकाे छ । 

सिड्नीकाे जिल्ला अदालतले यसअघि स्थानिय म्यान्ली अदालतले गरेकाे फैसलामा फेरबदल गरेकाे हाे । 

म्यान्ली अदालतले उनलाई दाेषी मान्दै ८ महिना जेल सजाय सुनाएकाे थियाे । 

प्रकाश पाैडेल नाम गरेका ती युवक सिड्नीकाे एक नर्सिङ हाेममा वृदवृद्धा स्याहार्ने काम गर्थे । आफुले स्याहार्ने वृद्धमाथी हातपात गरेकाे भिडियाे बाहिरिएपछि उनी गत वर्ष पक्राउ परेका थिए । 

तर, म्यान्ली अदालतकाे निर्णयलाई जिल्ला अदालतले पुनरावलाेकन गरि ८ महिना जेलकाे सट्टा ७ महिना सामाजिक सेवा गर्नुपर्ने बनाएकाे स्थानिय समाचार संस्था एसबिएसले जनाएकाे छ ।

पाैडल पक्षका कानुन व्यवसायी अपिलमा सुनवाई गर्दै जिल्ला अदालतले भनेकाे छ -‘ याे घटनामा धेरै प्रचारवाजी भएकाे रहेछ । फैसला गर्नुअघि अदालतका न्यायधिसले कुटपिट भएकाे भिडियाे हेरेका थिए । त्यसपछि पाैडेल पक्षका वकिलले आफुमाथी हुनसक्ने जाेखिमकाे डर र भयका कारण घटना भएकाे तर्क पेश गरेका थिए । पाैडेलले अन्जान र हतासका बिच गल्ती हुन पुगेकाे भन्दै माफी समेत मागेका थिए   



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ