Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा जताजतै डुबान, ६ जनाको निधन, मौसम दशकयता कै खराब, सचेत रहन आग्रह

ब्रिजवेनमा जताजतै डुबान, ६ जनाको निधन, मौसम दशकयता कै खराब, सचेत रहन आग्रह


ब्रिजवेन/ केही दिनदेखि परिरहेको मुसलधारी झरीले निम्त्याएको बाढीमा परि ब्रिजवेन क्षेत्रमा ६ जनाले ज्यान गुमाएका छन् । ग्रेटर ब्रिजवेन क्षेत्र जताततै डुबानमा परेको छ । डुबानका कारण हालसम्म ब्रिजवेन र गोलकोष्ट क्षेत्रका १ हजार भन्दा बढी सडकहरु बन्द गरिएका छन् ।
आज बिहान साढे २ बजे इन्द्रोपलीमा एक जना मानिस बगिरहेको कारबाट निस्कन सफल भएपनि पौडने क्रममा बाढीले बगाएको थियो । केही तल प्रहरीले ४३ वर्षिय पुरुषको शव फेला पारेको हो । त्यस्तै ब्रेकफाष्ट क्रिक क्षेत्रको ब्रिजवेन नदीमा हराइरहेको एक ७० वर्षिय पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान ८ बजे एनर्जेक्सको तथ्याकं अनुुसार ब्रिजवेन क्षेत्रका २१ हजार भन्दा बढी घरमा बिजुली सेवा अवरुद्ध भएको छ । तर, डुबान नहटेसम्म तत्काल बिजुली सेवा सुचारु गर्न नसकिने एनर्जेक्सले जनाएको छ । डुबानका कारण केही रुटका बस र रेल सेवा समेत बन्द गरिएको छ ।

ब्रिजवेन क्षेत्रमा डुुबान

ब्रिजवेनको मुटुमा रहेको ब्रिजवेन नदीमा पानीको बहाब निकै माथीसम्म आएको छ । आज बिहान वाइभेनहो ड्यामको पानी समेत मिसिन सक्ने भएकाले पानीको तह झनै बढ्न सक्ने देखिएको ब्रिजवेनमा लर्ड मेयर एड्रिन श्रीनरले जनाउनुभएको छ । ड्याम खोलिएमा ब्रिजवेनसम्म पानी आइपुग्न १६ देखि २४ घण्टा लाग्ने देखिन्छ । तर, ड्यामको पानीले नदीमा उच्च छाल ल्याउने डर भने नभएको अधिकारीहरुले विश्वास दिलाएकाछन् ।

ब्रिजवेन क्षेत्रमा डुुबान

डुबानका कारण ब्रिजवेनको बुलिम्बा, ह्यामिल्टन, मिल्टन, न्युफार्म, न्युस्टिेड, विन्जर र यरोङ्गा क्षेत्रमा जोखिम झनै बढेको छ । त्यस क्षेत्रका हजारौ घरहरु डुब्न सक्ने आकलन गरिएको छ ।


मौसम ब्युरोका अनुसार अबको २४ घण्टासम्म यस्तै मुसलधारे पानी परिरहने मौसम रहेको अनुमान गरिएको छ । भोली मध्यदिनसम्म मौसममा बिस्तारै बद्ली हुने देखिन्छ ।

Where to find emergency assistance and information


ट्याग : #flood in Brisbane, #Heavy Rain in Brisbane
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ