अस्ट्रेलियामा भिजिटर भिसाबाट बसाइ लम्ब्याउन थप कडाइ

काठमाडौं अस्ट्रेलियाले भिजिटर भिसामा अस्ट्रेलिया प्रवेश गरेपछि त्यहीँ बसेर अर्को भिसा लिने वा बसाइ लम्ब्याउने प्रक्रियामा थप कडाइ गर्ने भएको छ।
सरकारले भिजिटर भिसामा प्रवेश गर्ने केही व्यक्तिका लागि ‘नो फर्दर स्टे’ सर्त लागू गर्ने योजना अघि सारेको छ। यो सर्त लागू भएका व्यक्तिले अस्ट्रेलियाभित्रै बसेर अर्को भिसाका लागि आवेदन दिन नपाउने व्यवस्था हुनेछ।
सरकारका अनुसार भिजिटर भिसालाई अस्ट्रेलियामा लामो समय बस्ने वा अर्को भिसामा परिवर्तन गर्ने माध्यमका रूपमा प्रयोग हुन नदिन यस्तो व्यवस्था गर्न लागिएको हो।
नयाँ व्यवस्थाले विशेषगरी भिजिटर भिसाबाट विद्यार्थी वा अन्य अस्थायी भिसामा परिवर्तन गरेर अस्ट्रेलियामा बसाइ लम्ब्याउने प्रयासलाई प्रभावित गर्नेछ। यसको विस्तृत कार्यान्वयन मिति र कुन अवस्थामा ‘नो फर्दर स्टे’ सर्त लागू हुने भन्नेबारे थप विवरण सरकारले सार्वजनिक गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





