अस्ट्रेलियामा कार्ड भुक्तानीको अतिरिक्त शुल्क हट्दै

अस्ट्रेलियामा अक्टोबर १ देखि ईएफटीपीओएस, भिसा र मास्टरकार्डबाट हुने कार्ड भुक्तानीमा व्यवसायीले अतिरिक्त शुल्क लिन नपाउने भएका छन्।
रिजर्भ बैंक अफ अस्ट्रेलियाको नयाँ व्यवस्थाअनुसार साना व्यवसायका लागि क्रेडिट कार्डको अन्तरबैंक शुल्कको औसत दर ०.५ प्रतिशतबाट ०.३ प्रतिशत मा घटाइनेछ भने अधिकतम सीमा ०.८ प्रतिशतबाट ०.५ प्रतिशत मा झारिनेछ।
कार्डको अतिरिक्त शुल्क हटे पनि व्यवसायीले त्यससँग सम्बन्धित लागतलाई वस्तु तथा सेवाको सामान्य मूल्यमा समावेश गर्न सक्नेछन्।
सार्वजनिक बिदामा भने अतिरिक्त शुल्क यस व्यवस्थाले हटाउने छैन।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







