NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

विद्यार्थी भिसा दुरुपयोग रोक्न अस्ट्रेलियाले ग्राजुएट डिप्लोमा कार्यक्रम बन्द गर्दै

नेपालट्युब

काठमाडौं- अस्ट्रेलियाले विद्यार्थी भिसा प्रणालीको दुरुपयोग रोक्ने उद्देश्यले Graduate Diploma of Management (Learning) कार्यक्रमको नयाँ भर्ना बन्द गर्ने निर्णय गरेको छ।

सरकारका अनुसार उक्त कार्यक्रम विद्यार्थी भिसा प्रणालीको visa system integrity) सम्बन्धी चिन्तासँग जोडिएको पाइएपछि नयाँ इनरोल्मेन्ट रोक्ने निर्णय गरिएको हो।

नयाँ विद्यार्थीका लागि उक्त कार्यक्रमको इनरोल्मेन्ट ५ अक्टोबर २०२६ देखि बन्द हुनेछ। तर, यसअघि नै कार्यक्रममा भर्ना भएर अध्ययन गरिरहेका विद्यार्थीले भने आफ्नो अध्ययन पूरा गर्न पाउनेछन्।

अस्ट्रेलिया सरकारले पछिल्लो समय विद्यार्थी भिसाको दुरुपयोग, अस्थायी भिसामार्फत लामो समय बसाइ लम्ब्याउने अभ्यास तथा आप्रवासन प्रणालीमा देखिएका कमजोरी नियन्त्रण गर्न विभिन्न नियम कडाइ गर्दै आएको छ।

सरकारले नयाँ व्यवस्थाको उद्देश्य आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउने, भिसाको दुरुपयोग रोक्ने र अस्ट्रेलियाको श्रम बजारको आवश्यकताअनुसार आप्रवासन व्यवस्थापन गर्ने रहेको जनाएको छ।

कार्यक्रम बन्द गर्ने निर्णयको विस्तृत कार्यान्वयन तथा अन्य सम्भावित परिवर्तनबारे थप विवरण सरकारले सार्वजनिक गर्न बाँकी छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार