NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

पल शाह प्रहरी नियन्त्रणमा

Nepaltube Australia

काठमाडौं/ जबरजस्ती करणीका आरोप लागेका कलाकार पल शाह प्रहरी नियन्त्रणमा पुगेको खबर प्राप्त भएको छ । केही समय अघि मात्रै पलले फेसबुकमा आफै प्रहरीमा आत्मसमपर्ण गर्ने घोषणा गरे लगत्तै प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यलय तनहुँ आफै पुगेपछि पललाई प्रहरीले नियन्त्रणमा लिएको हो । नाबालिग गायिकाले गत फागुन ११ मा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएको थियो । अब प्रहरीले २४ घण्टाभित्रमा अदालतमा पेश गरेर म्याद थप गरि अनुसन्धान अघि बढाउनेछ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार