NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Entertainment

युट्युब च्यनलविरुद्ध किन दिइन रेखा थापाले साइबर व्यूरोमा जाहेरी ?

nepaltube

काठमाडौं । अभिनेत्री एवंम राप्रपाकी नेतृ रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी दर्ता भएको छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएको व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारि दिनुभएको हो ।

ब्यूरोले उजूरीसँगै ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार समेत गरेर विवरण मागेको छ । पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।

पछिल्लो समय पारिवारिक कलह, कलाकारहरुका विभिन्न स्क्याण्डल लगायतका समाग्री राखेर कमाउने होड युट्युबहरुमा चल्दैआएको छ । पत्रकार आचारसंहिता, सामाजिक मर्यादा र मूल्यमान्यता लत्याएर कमाउनेहरुले भिडियो सामाग्री बनाउने र प्रशारण गर्ने नाममा गरिरहेको मनोमानी रोक्न सरकारमाथी समेत दबाब परिरहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार