Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास, ‘ब्यालेन्स नेल’ जारी !

नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास, ‘ब्यालेन्स नेल’ जारी !


काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास ‘ब्यालेन्स नेल’ नेपालमा सुरु भएको छ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ सुरु भएको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टदेखि हुँदै आएको र यसकै निरन्तरता भएको बताउनुभयो । अहिलेसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । रेञ्जर फौजका झण्डै चार हजार सकल दर्जाले यस्तो तालिम प्राप्त गरेका छन् । संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी छन् । तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यावहारिक अभ्यास र ज्ञान दिइने गरिएको छ ।

यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास गरिएको छ । परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेगर्छ । अमेरिकाले विश्वका विभिन्न देशसँग यस्ता संयुक्त शैन्य अभ्यास गर्दै आएको छ । दुई हप्ताअघि मात्रै अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच संयुक्त तालिम सम्पन्न भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ