युवाकवि मोतीराम भट्टको १६१औं जन्मजयन्ती
नेपालट्युब

राष्ट्रिय विभूति एवं युवाकवि मोतीराम भट्टको १६१औं जन्मजयन्तीको अवसरमा विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीमा जन्मिएका भट्टको ३० वर्षको उमेरमै विसं १९५३ मा निधन भएको थियो।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए। उनले नेपालमा छापाखाना भित्र्याउनसमेत महत्वपूर्ण भूमिका समेत खेलेका थिए।
उनकै पहलमा आएको छापाखानाबाट नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ।
जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दैछ।
नेपाली शिक्षा परिषद्ले दिउँसो २ बजे कवि सम्मेलन तथा ‘युवा वर्ष मोती पुरस्कार’ वितरण गर्ने जनाएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






