मिटरब्याज मुद्दामा निशान्त मैनालीको परिवारलाई उच्च अदालतबाट सफाइ

अष्ट्रेलियामा बस्दै आएका कन्टेन्ट क्रिएटर निशान्त मैनालीको परिवारले मिटरब्याजसम्बन्धी विवादमा सफाइ पाएको छ।
सो मुद्दा निशान्त मैनालीका विपक्षीहरू पुनारावलोकनका लागि उच्च अदालत जनकपुर पुगेको थियो। तर त्यहाँ पनि उच्च अदालतका न्यायधीस राजुराम सिलवाल र कमल प्रसाद सिलवालले जिल्ला अदालत सर्लाहीको निर्णय नै सदर गरिदिएको छ।
निशान्त मैनालीकी आमा निर्मला पन्त मैनालीविरुद्ध मिटरब्याजको आरोपमा जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा उजुरी परेको थियो।
प्रशासनले छानबिन गर्दा यो मिटरब्याज नभई जग्गा कारोबारसँग सम्बन्धित विषय भएको निष्कर्ष निकाल्दै थप कारबाही आवश्यक नदेखिएको जनाएको थियो।
त्यसपछि यो विषय जिल्ला अदालत, सर्लाही पुगेको थियो।
जिल्ला अदालत, सर्लाहीले २०८२ साल साउन २२ गते फैसला गर्दै निशान्त मैनालीको परिवारलाई सफाइ दिएको थियो।
त्यसपछि फेरि विपक्षीहरू मुद्दा पुनरावलोकनका लागि उच्च अदालत जनकपुर पुगेका थिए। तर अन्त्यमा पुनरावलोकनमा समेत निशान्त मैनालीको परिवारले सफाइ पाएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






