अस्ट्रेलियामा ७ हजारभन्दा बढीलाई देश निकाला गर्न विपक्षीको माग
नेपालट्युब

अस्ट्रेलियामा अवैध भिसामा बसिरहेका ७ हजारभन्दा बढीलाई तत्काल देश निकाला गर्न प्रमुख विपक्षी दल लिबरल पार्टीले माग गरेको छ।
लिबरल नेता एंगस टेलरले सरकारले भिसा प्रणालीको दुरुपयोग रोक्न नसकेको आरोप लगाउँदै संरक्षण भिसाको गलत प्रयोग नियन्त्रण गर्न कडा व्यवस्था गर्नुपर्ने बताएका छन्।
लिबरल पार्टीले नक्कली कागजात प्रयोग गर्ने आवेदन सुरुमै रोक्नुपर्ने, गम्भीर अपराध गर्ने स्थायी बासिन्दालाई समेत देश निकाला गर्नुपर्ने र भिसा जारी गर्दा अस्ट्रेलियाली मूल्य तथा आवास क्षमतासँग समेत जोड्नुपर्ने प्रस्ताव गरेको छ।
अस्ट्रेलियामा आप्रवासन घटाउने विषय राजनीतिक बहसको प्रमुख मुद्दा बनिरहेका बेला विपक्षीको यो प्रस्ताव आएको हो।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







