Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaयस्तो छ अष्ट्रेलियामा राज्य अनुसार दशै टिकाको उत्तम साईत, छुट्ला है !

यस्तो छ अष्ट्रेलियामा राज्य अनुसार दशै टिकाको उत्तम साईत, छुट्ला है !


काठमाडौं । नेपालसँगै अध्ययन, रोजगारी, पेशा व्यवसायका क्रममा विदेशमा रहेका नेपालीहरुले धुमधामका साथ मनाउने पर्व दशै घरआँगनीमा आइपुगेको छ ।

जमरा राखेसँगै सुरु भएको नबरात्री अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । मंगलबार सिद्धिदात्रीको पुजाआजा गरिन्छ भने बुधबार विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाएर मान्यजनका हातबाट आशिर्वाद लिने गरिन्छ ।

दशैलाई देश विदेशमा रहेका हिन्दु नेपालीहरुले समेत उमंगका साथ बनाउँदैआएका छन् । नेपालमा बिहान १०ः ३४ बजे देवी विसर्जन गरी विजयादशमीको टिकाको साइत बिहान ११ः ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारि दिएको छ । विदेशमा भने राज्य अनुसार फरक फरक समयमा टिका जमरा लगाउने गरिन्छ ।

यस्तो छ अष्ट्रेलियामा राज्य अनुसार टिकाको साईत
सिड्नी – विहान १०ः ४१
मेलवर्न – विहान १०ः ५५
ब्रिजबेन – विहान ११ः ०५
एडीलेट – विहान ११ : २५
क्यानबेरा – विहान १० : ५६
तास्मानिया – विहान १० : २१
पर्थ – विहान ११ : २७
डार्वीन – विहान १० : ०६



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ