NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म आवास खर्च

तेजस्वी कुँवर

गत १० भदौको विनाशकारी भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सरकारले मासिक आवास खर्च उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिइनेछ। चार जनाभन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि २ हजार रुपैयाँ थप उपलब्ध गराइनेछ।

नगद सहायता लिन नचाहने विस्थापित परिवारका लागि सरकारले अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि राखेको छ।

राहत तथा पुनर्स्थापनाका लागि स्थानीय तहबाट विस्थापित परिवारको विवरण संकलन भइरहेको छ। प्रारम्भिक क्षति मूल्यांकन सकिएपछि विस्तृत अध्ययनका आधारमा पुनर्निर्माणको काम अघि बढाइने सरकारले जनाएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार