NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

आप्रवासी घटाउँदा अर्थतन्त्र खस्कन्छ: साउथ अष्ट्रेलियाका प्रिमियर

तेजस्वी कुँवर

साउथ अष्ट्रेलियाका प्रिमियर पिटर मालिनाउस्कसले आप्रवासीको संख्या व्यापक रूपमा घटाउँदा देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताएका छन्।

पछिल्लो समय आप्रवासनसम्बन्धी बहसको बढ्दो राजनीतिकरणप्रति चिन्ता व्यक्त गर्दै उनले दक्ष आप्रवासीको आर्थिक योगदानको बचाउ गरेका छन्।

न्युज २४ सँगको अन्तर्वार्तामा मालिनाउस्कसले अष्ट्रेलियाको आप्रवासन नीति राजनीतिबाट निर्देशित हुन नहुने बताए।

‘हाम्रो आप्रवासन नीति राष्ट्रिय आर्थिक हितका साथै सामाजिक हितमा आधारित हुनुपर्छ,’ उनले भने।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार