Sunday, 2 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी शुरुवात, नेपालले मंगलबार नेदरल्याण्डसँग खेल्दै

टी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी शुरुवात, नेपालले मंगलबार नेदरल्याण्डसँग खेल्दै


काठमाडौं । आजबाट सुरु आईसीसी टी–२० विश्वकपमा घरेलु टोली अमेरिकाले सानदार विजयी सुरुवात गरेको छ । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको हो । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ ।

१ सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । अमेरिकाको जितमा आरोन जोन्स ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ६५ रनमा आउट भए । क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक÷एक विकेट लिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । क्यानडाका ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक/एक विकेट लिए ।

वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ । वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्दा अमेरिकाले पहिलो मौका पाएको छ । प्रतियोगिताको इंग्ल्याण्ड साविक विजेता टोलीको हो । इंग्ल्याण्डले सन् २०२२ मा अष्ट्रेलियामा भएको विश्वकपको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गरेका छन् ।

टी–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । नेपालले जुन ४ मंगलबार नेटरल्याण्ड्ससंग खेल्दै विश्वकप सुरुवात गर्नेछ । अमेरिकाले भिसा नदिएका कारण नेपाली टिमका महत्वपुर्ण खेलाडी सन्दिप लामिछाने छुटेका छन् । सन्दिप बिनाको खेलमा समेत नेपाली टिम उत्कृष्ट प्रदर्शनको तयारीमा रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ