Sunday, 23 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमनसुन सक्रिय बन्दा नेपालमा भारी वर्षाको जोखिम, सतर्कता अपनाउन अनुरोध !

मनसुन सक्रिय बन्दा नेपालमा भारी वर्षाको जोखिम, सतर्कता अपनाउन अनुरोध !


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेशका केही स्थानमा भारी वर्षाको आँकलनसहित चेतावनी दिएको छ । विभागले ४ प्रदेशका नदितटिय बस्ती, पहिलोको जोखिम क्षेत्रका सर्वसाधारणलाई भारी वर्षाको जानकारी गराउदै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसविदहरुले बताएका छन् । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको मौसमविद्ले बताएका छन् । यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बिहान ६ः०० बजे प्रकाशन गरेको मौसम ‘बुलेटिन’मा समेत कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेशका केही स्थानमा भारी वर्षाको आँकलनसहित सचेत रहन चेतावनी दिइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ