Wednesday, 26 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaटी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पुरा, अष्ट्रेलिया सुपर ८ बाटै बाहिरियो

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पुरा, अष्ट्रेलिया सुपर ८ बाटै बाहिरियो


काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट– २०२४ को सेमिफाइनल समिकरण पुरा भएको छ । गएराति सम्पन्न सुपर–८ को खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत र विहानपख भएको खेलमा डिएलएस मेथडका आधारमा बंगलादेश अफगानिस्तानसँग ८ रनले पराजित भएसँगै सेमिफाइनलमा समिकरण पुरा भएको हो ।

गु्रप–१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । भारतले सेमिफाइनलमा गु्रप–२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ । सुपर– ८ को अन्तिम खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तानले ८ रनको जित आत पारेपछि अष्ट्रेलिया सुपर ८ बाटै घर फर्किएको छ । अब सेमिफाइनलमा अफगानिस्तानले ग्रुप–२ को विजेत दक्षिण अफ्रिकासँग खेल्नेछ ।

सेमिफाइनलका खेल २७ जुन बिहिबार हुनेगरि तालिका तयार पारिएको छ । उपाधि भिडन्तका लागि फाइनल खेल २९ जुनमा हुनेगरि खेल तालिका सार्वजनिक गरिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुने गरि आईसीसीले रिजरर्भ डे राखेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ