Tuesday, 2 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतलाई १७ वर्षपछि टि-२० विश्वकप क्रिकेटको उपाधि,दक्षिण अफ्रिका स्तब्ध !

भारतलाई १७ वर्षपछि टि-२० विश्वकप क्रिकेटको उपाधि,दक्षिण अफ्रिका स्तब्ध !


काठमाडौं । भारत १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जित्न सफल भएको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधिमाथि कब्जा जमाएको हो ।

१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन मात्रै बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाएपनि टिमको हार टार्न सकेनन् । एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिँने अवस्था थियोे । १७ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गर्यो । को थियो । अन्तिम ६ बलमा १६ रन चाहिँएको अवस्थामा हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि दक्षिण अफ्रिकाको जितको सम्भावना सकिएको थियो ।

भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी २० को फाइनलमा पाकिस्तानलाई हराउँदै पहिलोपटक उजपाधि जितेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ