जुन महिनामै ७७ हजार पर्यटक नेपालमा, अष्ट्रेलियाबाट आए १,५८९ पर्यटक !
काठमाडौं । सन् २०२४ को जुन महिनामा ७६ हजार सात सय ३६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको रेकर्ड बारे जानकारि गराउँदै नेपाल पर्यटन बोर्डले सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएको जानकारि दिएको हो । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएको मा यो बर्षको जुनमा ७६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका हुन ।
नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा भारतीय पर्यटकको रहेको छ । भारतबाट जुनमा ३७ हजार आठ सय ३५ पर्यटक हवाई मार्गहुँदै नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार दोस्रोमा अमेरिकाबाट आठ हजार दुई सय ८१, तेश्रो स्थानमा रहेको चीनबाट सात हजार चार सय ९४ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । बंगलादेशबाट तीन हजार आठ सय ५७, बेलायतबाट एक हजार नौ सय ६९, अष्ट्रेलियाबाट एक हजार पाँच सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय ५३ र दक्षिण कोरियाबाट आठ सय ७५ जना पर्यटनले नेपाल भ्रमणका लागि आएको बोर्डको रेकर्डमा रहेको छ ।
कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा ७४ हजार आठ सय ८३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ सुरु भएयता नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् । पछिल्लो समय विदेशी पर्यटकको आगमन बढेसँगै पर्यटन र होटल व्यवसायीहरु उत्साहित बन्न थालेका छन् ।
तपाईको प्रतिक्रिया