NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

१३ दिनदेखि सम्पर्कविहीन अस्ट्रेलियन नागरिक सुरक्षित भेटिए

Nepaltube Australia

नेपालमा आएको विनाशकारी बाढीपछि १३ दिनदेखि सम्पर्कविहीन रहेका एक अस्ट्रेलियन नागरिक सुरक्षित भेटिएका छन्।

अस्ट्रेलियाको DFAT ले ती व्यक्तिसँग सम्पर्क भएको र उनी सुरक्षित तथा स्वस्थ रहेको पुष्टि गरेको छ।

उनी तत्काल कन्सुलर सहयोग आवश्यक पर्ने अवस्थामा नरहेको बताइएको छ।

यससँगै बाढीपछि सुरक्षित फेला परेका अस्ट्रेलियनको संख्या ८ पुगेको छ भने अझै ३५ जना अस्ट्रेलियन सम्पर्कविहीन रहेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार