Sunday, 7 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुरो २०२४ को सेमिफाइनल समीकरण पुरा, कस्ले मार्लान बाजी ?

युरो २०२४ को सेमिफाइनल समीकरण पुरा, कस्ले मार्लान बाजी ?


काठमाडौं । जर्मनीमा जारी युरो २०२४ को सेमिफाइनल समीकरण पुरा भएको छ । शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका हुन ।

पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् । नेदरल्याण्ड्सले टर्कीविरुद्ध २–१ को पुनरागमन जित र इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो । यसअघि स्पेनले आयोजक जर्मनीलाई पराजित गरेर र फ्रान्सले पोर्चुगललाई पेनाल्टीसुटआउटमा पराजित गरेर सेमिफाइनल पुगेको थियो ।

जर्मनीसँगै सर्वाधिक ३ पटक उपाधि जितेको स्पेन चौथो पटक च्याम्पियन बन्ने रणनीतिमा देखिएको छ । स्पेनले १९६४, २००८ र २०१२ मा र फ्रान्सले १९८४ र २००० मा उपाधि जितेका छन् । स्पेन र इंग्ल्याण्ड लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने उपाधि रणको रणनीतिमा छन् । २० वर्षपछि युरोको सेमिफाइनलमा पुगेको नेदरल्याण्ड्स ३६ वर्षपछि युरो उपाधि जित्ने लक्ष्यमा देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ