Thursday, 8 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाभा महिला नेशन्स लिग : नेपाल र भारतको आज उपाधि भिडन्त, जित्ने लयमा नेपाली टिम !

काभा महिला नेशन्स लिग : नेपाल र भारतको आज उपाधि भिडन्त, जित्ने लयमा नेपाली टिम !


काठमाडौं । काभा महिला नेशन्स लिगको फाइनलमा आज नेपाल र भारत भिड्दैछन् । इरानविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको नेपाल र श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको भारतबीच उपाधि भिडन्त हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा फाइनल खेल सवा ५ बजे हुनेछ । भारतसँगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जानुहुनेभएको छ । मंगलबार नेपालले खेल २५–२१, २६–२८, २५–२० ले आफ्नो पक्षमा परेको थियो । नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । यसैगरी नेपालले लिग चरणमा श्रीलंका र माल्दिभ्सलाई समान ३–० र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । यता, भारतसँग ३–१ को सेटमा पराजय ब्यहोरेको इरानले श्रीलंकालाई ३–२ तथा माल्दिभ्सलाई ३–० को सेटमा हराएपनि नेपाललाई सेमिफाइनमा रोक्न सकेन । मंगलबार नै सम्पन्न पहिलो सेमिफाइनलमा भारतले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेर फाइनमा स्थान बनाएको थियो ।

उपाधि जित्ने नेपाली टिमको विश्वास
नेपालकी कप्तान अरुणा शाहीले मंगलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गर्नुभएको छ । कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पु¥याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गर्नुभएको छ । नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले भारतलाई हराएर उपाधि जित्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ