NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
International

जापानमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन नेपाली पक्राउ

Nepaltube Australia

काठमाडौं- जापानको फुकुओका क्षेत्रमा नेपाली युवतीको मृत्यु प्रकरणमा तीन नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अगस्ट १९ मा फुकुओकाको एक खोलामा तैरिरहेको अवस्थामा २५ वर्षीया नेपाली युवतीको शव फेला परेको थियो। प्रहरीका अनुसार मृतकको अनुहार र हातमा चोटका निशान देखिएका थिए।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले २८, २५ वर्षीय युवती र २२ वर्षीय युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मृतक बस्दै आएको अपार्टमेन्टमा रगतका छिटासमेत भेटिएको प्रहरीको रिपोर्टमा उल्लेख गरिएको बताइएको छ।

मृत्युको कारण र घटनाको वास्तविकता भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।

जापानमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीको संख्या बढिरहेका बेला भएको यो घटनाले त्यहाँ रहेका नेपालीलाई थप सचेत र संयमित रहनुपर्ने सन्देश दिएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार