NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

इजरायलमा १,४६४ नेपालीका लागि रोजगारी!

Nepaltube Australia

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा १ हजार ४ सय ६४ जना नेपाली सहायक कामदार (नर्सिङ असिस्टेन्ट) का लागि आवेदन खुलाएको छ।

मागमध्ये १ हजार १ सय ३२ महिला र ३ सय ३२ पुरुष छन्। छनोट हुनेले मासिक न्यूनतम ५ हजार ८ सय ८१ इजरायली शेकेल तलब पाउनेछन्।

आवेदनका लागि २५ देखि ४५ वर्ष उमेर हुनुपर्नेछ। न्यूनतम उचाइ १.५ मिटर र तौल ४५ केजी हुनुपर्नेछ।

शैक्षिक योग्यतामा १० कक्षा उत्तीर्ण गरी १५ महिनाको ANM वा CMA कोर्स पूरा गरेको, वा १०+२ उत्तीर्ण गरी कम्तीमा तीन महिनाको केयरगिभर तालिम लिएको हुनुपर्नेछ।

इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन आवेदन दिन सक्नेछन्। अन्तिम छनोट इजरायलको जनसङ्ख्या तथा प्रवासन प्राधिकरणले लटरी प्रणालीबाट गर्नेछ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार